आज :

विश्वकप फुटबलः मेस्सीले आफ्नै गुरु म्याराडोनाको कीर्तिमानी तोडे

  • अनलाइन डबली

काठमाडौं। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आफ्ना गुरु डिएगो म्याराडोनाको नाममा रहेको सर्वाधिक ८ गोल असिस्टको कीर्तिमान तोडेका छन् ।

तत्कालिन कप्तान म्याराडोना विश्वकपमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमानसँग तोड्दै मेस्सीले ९ असिस्ट गरेका छन् । यसअघि मेस्सीले पाँचवटा विश्वकपमा गोल असिस्ट गर्ने विश्व कप कीर्तिमान बनाएका थिए ।

यस्तै मेस्सीले विश्वकपको एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरको खेलाडीका रुपमा पनि विश्व कीर्तिमान बनाइसकेका छन् । मेस्सीले अब एक गोल गर्न सके विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान बनाएका छन् ।

अघिल्लो खेलमा नेदरल्यान्ड्सविरुद्ध गोल गर्दै उनले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याएका थिए भने क्रोएसियाविरुद्ध पहिलो गोलसँगै मेस्सीको गोल संख्या ११ पुगेको छ ।

म्याराडोना मेस्सीको खेल जीवनका प्रेरणा र अभिभावकसँगै गुरु पनि हुन् । अहिले मेस्सीले म्याराडोनाले बनाएको कीर्तिमानी तोडेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal