आज :

काभ्रेमा बस दु्र्घटना अपडेटः १८ जनाको मृत्यु र २२ घाइते, बर्तबन्ध सकेर फर्किएको थियो बस

  • अनलाइन डबली

काठमाडौं । काभ्रेमा भएको बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे भएको दुर्घटना अन्य २२ जना घाइते भएका छन् ।

बर्तबन्ध सकेर फर्किएको बा ३ ख ४३८५ बस मंगलबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

बर्तबन्धको लागि रिजर्ब गरिएको बस बनेपा नगरपालिका–११ बाट बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किएको थियो । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल उपचार भइरहेको छ । केही घाइतेहरुको अवस्था गम्भीर रहेकोले काठमाडौं रिफर गरिएको छ ।

दुर्घटनापछि नेपाल प्रहरी र नेपाली सेना तथा स्थानीयले उद्धार कार्य गरिएको थियो । राति भएकोले कति जनाको ज्यान एकिन हुन सकेको छैन । अहिले घटनाको विस्तृत संकलन प्रहरीले गरिरहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार खचाखच भरिएको बस तीव्र गतिमा सडक मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal