आज :

जे.बि ओलीको जीवनकथा ‘युरोपको कथा’ सार्बजनिक भएको छोटो समयमा नै दर्शकको माया

  • अनलाइन डबली

काठमाडौं । सामाजिक यथार्थतालाई टपक्कै टिपेर गीत संगीतमा उन्न खप्पिस लोकप्रिय गायक तथा सर्जक बजे.बि ओलीले आफ्नै जिबन कथामा भर्खरै एउटा गीत सार्बजनिक गरेका छन् । उक्त गीत “युरोपको कथा” बोलको रहेको छ । उनि अहिले पोर्चुगल रहेका छन् । जे.बि ले केहि समय अगाडी मात्रै रातो पासपोर्ट बोलको गीतलाई सार्बजनिक गरेका थिए ।

भर्खरै सार्बजनिक गरिएको गीतमा जे.बि ले बाध्यता र विवसता बाट परदेशिएका अशंख्य नेपालीहरुको जिबन कथालाई समाबेस गरेका छन् । गीत सामाजिक याथार्थतामा रुमलिएको भएता पनि उनले आफ्नै जिबन कथा भनेर प्रस्तुत गर्नुले साँच्चै जे.बि पनि ति त्यस्तै भुमरीमा भित्र रहेको स्पष्ट हुन्छ ।

जे.बि ओलीको लय शब्द र सुमधुर स्वरले सजिएको यस गीतको म्युजिक भिडियोलाई महेन्द्र गौतम स्मारिका ढकाल र शिवशरण न्यौपानेको अभिनयले थप जीवन्तता दिएको छ । सार्बजनिक गरिएको छोटो समयमा नै अत्याधिक दर्शकहरुको माया पाउन सफल “युरोपको कथा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुने भने छायांकन नबिन घर्ति मगरले गरेका छन् । गीतलाई जे.बि ओली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियोः 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal