आज :

अर्थमन्त्री शर्माको पहलमा मुद्रण केन्द्रले पहिलो पटक बियरमा टाँस्ने अन्तःशुल्क स्टिकर छाप्‍दै 

  • अनलाइन डबली

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को पहलमा सरकारले नै अन्तःशुल्क स्टिकर छपाई गर्न लागेको छ । काभ्रेमा रहेको अत्याधुनिक सेक्युरिटी प्रिन्टिङ प्रेसले बियरमा टाँस्ने अन्त:शुल्क स्टिकर छपाई गर्न लागेको हो । सुरक्षण मुद्रण केन्द्रको मातहत रहेको प्रेसले स्वदेशी तथा विदेशी बियरमा टाँस्ने स्टिकर छपाई गर्न लागेको छ ।

अर्थमन्त्री शर्माले स्टिकर छपाईको लागि अर्बौं विदेशिने पुँजीलाई रोक्न सरकारले नै छपाईको काम गर्नुपर्ने बताउँदै आएका थिए । केही समय अघि उक्त प्रेसको अवक‍लन गर्दै शर्माले आवश्यक बजेटको कुनै कमि नराख्ने बताउँदै काम थाल्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

प्रेस संचालको लागि आवश्कय कर्मचारी र बजेटको व्यवस्थासँगै केन्द्रले पहिलो पटक बियरमा टाँस्ने अन्तः शुल्क स्टिकर छपाईको काम सुरु हुने भएको छ । केन्द्रले छपाईका लागि आवश्यक पर्ने सामाग्री आयातका लागि प्रिन्ट सेल प्रालि ललितपुरलाई सोमबार छनोट गरिको छ।

केन्द्रले स्टिकर छपाईका लागि आवश्यक पर्ने मसी र कागजका लागि बोलपत्र २०७९ असोज ६ गते खुलाएको थियो। सो बोलपत्रमा भाग लिने कम्पनी मध्ये सबैभन्दा कम बोलकबोल गर्ने प्रिन्टसेलले पाएको हो।

कम्पनीले सहभागी मध्ये सबैभन्दा कम ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँमा सामाग्री ल्याउने कबोल गरेको हो। यो मूल्य अभिवृद्धि कर (भ्याट) समावेश छ।

आन्तरिक राजस्व विभाग र केन्द्रबीच ४४ करोड थान बियरमा टाँस्ने स्टिकर छपाईको लागि सहमति भएको छ। यसअघिको अर्थमन्त्रीले भारतीय विवादित कम्पनी मदरासलाई करिब डेढ अर्बको स्टिकर छपाईको ठेक्का दिलाएका थिए ।

शर्माले सुरुदेखि नै नेपालमै स्टिकर छपाईको काम गर्नुपर्ने बताउँदै आएका थिए ।

उसो त शर्मा लेखा समितिको सभापति हुँदा नै रिचार्ड कार्ड नेपालमै छपाई गर्न भूमिका खेलेका थिए । नेपाली कम्पनीले अनिवार्य रुपमा रिचार्ज छपाई गर्न पाउने कानुन बनाएपछि नेपालल टेलिकम र एनसेलले नेपाली रिचार्ज कार्ड छपाइको सुरु गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal