आज :

जाजारकोट जीप दुर्घटनाः पहिला जन्ती र माइतीबीच झडप, यी हुन् ज्यान गुमाउनेहरु

  • अनलाइन डबली

काठमाडौं । सोमबार जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । छेडागाड नगरपालिका- ५ मा भएको दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ ।

दैलेखबाट छेडागाडमा बेहुली लिन जन्ती आएका थिए । माइती र जन्तीबीच विवाद हुँदा झडपको रुप लिएको थियो । उक्त झडपका घाइतेलाई उपचार लैजाँदै गर्दा जीप दुर्घटना भएको बताइएको छ ।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाका अनुसार जन्ती र माइती पक्षको झडपमा घाइतेलाई बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार छेडागाड नगरपालिका वडा नम्बर ५ का जयकुमार बुढा, देवीसरा बुढा, रामबहादुर बुढा, दीपक अधिकारी, नैनसरा अधिकारी, अम्बर अधिकारी, निशा अधिकारी र वडा नम्बर ६ का वीरबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैगरी दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर २ का जीपको चालक मानबहादुर राउत, वडा नम्बर ३ का वीरेन्द्र केसी र अम्बरबहादुर खड्काको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । माइती र जन्तीबीचको झडपछि त्यहाँबाट भाग्न चाहनेहरु जीपमा कोचाकोच भरिएको बताइएको छ ।

दुर्घटनाका गम्भीर घाइते भएका जयनाथ अधिकारीको नेपालगंज उपचार भइरहेको छ । जीप मध्यपहाडी लोकमार्गमा भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal