आज :

फेरी ह्वात्तै बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • पवित्रा दाहाल

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ह्वात्तै बढेको जानकारी दिएको छ । महासंघले आजको कारोबार भाउ तोक्दै ६०० रुपैयाँले बढेर प्रतितोला १ लाखभन्दा माथि पुगेको जानकारी दिएको छ ।

पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्य ६ महिनापछि १ लाखमाथि पुगेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।

हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ७०० र तेजाबी सुनको मूल्य ९९ हजार २०० रुपैयाँ थियो । छापावाल सुनको मूल्य यो महिनाको सुरूवातमा ९८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ५०० रूपैयाँ थियो । यस अवधिमा सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९० रूपैयाँ कायम भएको छ । हिजो बिहीबार तोलामा १३ सय ६० रुपैयाँ रहेको थियो । महासंघका अनुसार एकै दिनमा चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal