आज :

१५ प्रतिशत लाभांश वितरण गर्दै चिलिमे जलविद्युत कम्पनी, बोनस र नगद कति ?

  • पवित्रा दाहाल

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको गत मंगलबार (मंसिर २०) बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ मा आर्जन भएको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँको १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ नगद सेयर वितरण गर्ने भनिएको छ ।

कम्पनीले पुस ३ गते एक दिनका लागि बुक क्लोज मिति तोकेको हो । तसर्थ पुस २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन् ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal