आज :

दोलखाको मत गणना अन्तिम चरणमा, माओवादीका कार्कीको अग्रता कायमै

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत दोलखाको मत गणना अन्तिम चरणमा पुगेको छ । आइतबार रातिसम्मको मत परिणाम अनुसार नेकपा माओवादीा केन्द्रका गंगा कार्कीले अग्रता कायमै राखेका छन् । आ‍इतबार दिउँसोबाट अग्रता लिएका कार्कीले रातिसम्म कायमै राखेका छन् ।

मत गणनाको सुरुदेखि अग्रता लिएका कार्कीले शनिबार राति भने पछि परेका थिए । आइतबार विहानबाट मतान्तर घटाएका कार्कीले दिउँसाेबाट नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पछि पारेका थिए । आइतबार रातिसम्मको मत परिणाम अनुसार कार्कीले ३० हजार ७५५ मत पाएका थिए भने एमालेका शिवाकोटीले ३० हजार ४९२ मत सहित पछाइरहेका छन् । शिवाकाेटी २६३ मतले पछि परेका छन् ।

त्यसैगरी प्रदेशसभा दुबैको मत परिणाम आइसकेको छ । प्रदेशसभा क मा नेपाली काँग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् । उनले २२ हजार ७९७ मत पाएका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १४ हजार ७५५ मत पाएका छन् ।

त्यस्तै, प्रदेशसभा ख मा भने नेकपा एमालेका भरतबहादुर के.सी. विजयी भएका छन् । केसीले  १९ हजार ४१४ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका वर्मा लामाले १७ हजार ५९५ मतमा सिमित भए ।

अब प्रतिनिधिसभाको मत गणना पनि अन्तिम चरणमा पुगेको बताइएको छ । कडा प्रतिस्पर्धामा रहेका कार्की र शिवाकोटी झिनो मतले विजयी हुने अवस्था देखिएको छ । एमाले र माओवादी नेताहरुले आ आफ्नो उम्मेदवारले जित्ने दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal