आज :

अमेरिकी राजदूतसंगको भेटघाटबारे प्रश्न उठाएका भीम रावललाई बालेन शाहले फर्काए यस्तो कडा जवाफ

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीबार भएको भेटका विषयमा एमाले नेता भीम रावलले प्रश्न उठाएछि बालेनले पनि लगत्तै जवाफ फर्काएका छन् ।

रावलले भेटमा कूटनीतिक आचरण पालना भए–नभएको बारे प्रश्न राख्दै जनउत्तरदायी भए जवाफ दिन चुनौती दिएका थिए ।

रावलले सामाजिक सञ्जालमार्फत गरेको प्रश्नलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै बालेनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि आफूहरूले भेटका लागि अनुमति दिएको बताएका छन् ।

उनले आफूहरुलाई विदेशीसँग सहयोग माग्न रहर नभएको बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्ने भनेर पठाएको पनि बताएका छन् ।

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं’, बालेनले रावललाई जवाफ फर्काएका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो । तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ।’

भेटका क्रममा एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नती गर्नु पर्छ भन्ने धारणा राजदूतसँगको भेटमा राखेको पनि शाहले बताएका छन् ।

स्वतन्त्रबाट मेयरमा विजयी भएका शाहले राजनीतिक दलका नेताहरुको कार्यशैलीको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal