आज :

एकाविहानै दोलखाको आयो प्रचण्ड खुशी हुने खबर, माओवादीका कार्की दोब्‍बर मतले अघि

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)  का उम्मेदवार ‍गंगा कार्कीले दोलखामा सुरुवतबाटै अग्रता लिएका छन् । विहीबार राति ९ बजेबाट मत गणना सुरु भएको थियो । रातिसम्मको मत परिणाम अनुसार कार्की दोब्बर मतले अग्रता लिएका छन् । उनले नेकपा एमालेका बालकृष्ण शिवकाेटाले पछ्याइरहेका छन् ।

गठबन्धनका साँझा उम्मेदवार कार्कीले २४२१ मत गणना हुँदा नै झण्डै दोब्बर मत बढी लगेका ७३६ मत ल्याएका थिए । रातिसम्मको मत परिणाम अनुसार कार्कीले ३ हजार मत पाउँदा एमालेका शिवाकोटीले १६ सय मत पाएका थिए । अहिले विहानको मत परिणाम सार्वजनिक भएको छैन । कार्कीले अग्रता फराकिलो बनाउँदै लगेकाे बताइएको छ ।

यसैबीच स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । उनीहरुबीच दुई हजार ४१८ को मतान्तर देखिएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत पाएका छन् ।

त्यसैगरी बाजुरामा मतगणना सुरु भएको छ । आज बिहीवार दिउँसाे साढे ३ बजे मतगणना सुरु हुने भने पनि झन्डै साढे दुई घण्टा पछाडि मात्रै सुरु भएकाे हो । मत गणनाको सुरुवातबाटै गठबन्धनका उम्मेदवार बद्री प्रसाद पाण्डेले ५१०६ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण बहादुर थापा ३९९४ ल्याएका छन् । यो रातिसम्मको मत परिणाम हो ।

एक जनाको ज्यान जाने गरी भएको विवादपछि विहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजेदेखि मतगणना गर्ने सहमति गरेको थियाे । तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन । आयोगको मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो । तेस्रो पटक नेकपा एमाले सहभागी भएपछि मतगणना गर्ने सहमति भएको हो ।

मङ्सिर ४ गते भएकाे चुनावमा बाजुराको विभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान गर्नुपर्ने निवेदन दिएको थियो । तर निर्वाचन आयाेगले हिजाे बुधवार पुनः मतदान नभइ मतगणना गर्न निर्देशन दिएकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal