आज :

दोलखामा सकियो मतदान, सर्वदलीय बैठक बस्दै

  • अनलाइन डबली

दोलखा । दोलखामा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ। बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुन: निर्वाचन गरेको हो।

उक्त निर्वाचन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगा पौडेलले जानकारी दिए। उनले छिटपुटका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए।

‘खासै झडप भएको छैन। सामान्‍य वादविवाद भयो। एक ठाउँमा ढुंगाले हानेर गाडीको सिसा फुटेको हो,’ उनले भने, ‘अरू शान्तिपूर्ण तरिकाले मतदान सकियो।’

यस्तै, अहिले सर्वदलीय बैठक बसेपछि मतगणना कहिले गर्ने भनेर निर्णय गरिने उनले बताए। बैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र ग मा पुनः मतदान भएकाे हाे।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुँदैछ।

बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान सुरू हुँदैछ। मंसिर ४ गते बुथ कब्जा भएपछि यस क्षेत्रमा पुन: मतदान गरेको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal