आज :

हुम्लाका १६ वर्षका बालक सुर्खेतमा सम्पर्क बिहिन

  • एम.बी थापा

सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिका वडा न. ३ उनपानी निवासी, हाल सुर्खेत वीरेन्द्रनगर वडा नं.९ लाटीकोइलीमा बस्ने साहिल फडेरा नाम गरेका, १६ वर्षको  बालक मंसिर १२ गते देखि हराइरहेका छन्।

सुर्खेतकै एक स्कूलमा ९ कक्षा अध्ययनरत् फडेरा बिहान १० बजे बिद्यालयमा पढ्न गएका थिए । तर, अहिलेसम्म घर फिर्ता नआएको फडेराका दिदि हिमालि फडेरा बताउँछिन् ।

करिब आठ दिन अघि बिधालयको  शैक्षिक भर्मण छ भन्दै बुवाआमा  बाट दस हजार रुपैयाँ झिकाइएको र १२ गतेका दिन देखि सम्पर्क बिहिन भएको हो। फडेरा सुर्खेत वीरेन्द्रनगर वडा नं. ०९ लाटीकोइलीमा आफ्नी सख दिदि हिमालि फडेरासंगै बस्दै आइरहेका थिए।

बिधालय पुग्दा शिक्षिकाले ‘तपाईंको भाइ त करीब सात—आठ दिन पहिले देखिनै पढ्न नआएको ’ भन्दै जवाफ दिएको बालकका गाउँकै नाता पर्ने दिदी सबिता थापा  बताउँछिन् ।

करिब ५ फिट ४ इन्च गोरो, पातलो देखिने १६ बर्षको बालक हराएको हुँदा देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा ९८६३४१४७०३ मा सम्पर्क गरिदिनुहुन भनी अनलाईन डबली मिडिया मर्फत आग्रह गरेकी छिन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal