आज :

अब नेपालका सडक- राजमार्गको ट्राफिक जाम गूगलबाट लाइभ हेर्न सकिने, यसरी हेर्न सकिन्छ

  • अनलाइन डबली

काठमाडौं। गूगल म्यापबाटै अब नेपालका मुख्य शहरका सडक तथा राजमार्गको ट्राफिक अवस्थाबारे जानकारी लिन सकिने भएको छ ।  गूगलले १५ वर्षअघि सुरु गरेको लाइभ ट्राफिक सुविधा नेपालमा पनि सुरु गरेसँगै घरबाटै कुन सडकमा जाम छ भनेर जानकारी पाउन सकिने भएको हो ।

सन् २००७ मा गूगलले पहिलो पटक सडकको रियल टाइम ट्राफिक अवस्था देखाउने फिचर थपेको थियो। कम्पनीले सो फिचर थप गरेको झन्डै १५ वर्ष भइसकेको छ। गुगलले पछिल्लो अपडेट मार्फत नेपालमा यो ट्राफिक लाइभ सुविधा विस्तार गरेको हो। यसभन्दा अघि यो सुविभा अन्य देशहरुमा मात्र संचालन भइरहेको थियो।

अबदेखि यो सुविधा सुरु भएसँगै नेपालको सहरी क्षेत्रको मात्र नभएर मुख्य राजमार्गको ट्राफिक अवस्था समेत गुगल म्यापमा हेर्न सकिन्छ। प्रयोगकर्ताले गुगल म्यापमा निश्चित गन्तव्य तय गरी नेभिगेसन सुरु गर्दा सडकको ट्राफिक अवस्थाको जानकारी देखिन्छ।

जसमा निलो कलरले जाम नभएको, पहेँलो कलरले सडक व्यस्त अर्थात सवारीहरूको संख्या धेरै भए पनि चलिरहेको र रातो कलरले ट्राफिक जाम भइरहेको बुझाउँछ। यसले गर्दा मानिसहरु कुन रुटमा सडक व्यस्त छ ? कुन सडकमा जाम धेरै छ ? कुन रुट हुँदै यात्रा गर्दा सहज हुन्छ ? भन्ने कुरा घरमै बसेर हेर्न सक्नेछन्।

यसले यात्रु तथा यात्रा गर्न तयारीमा रहेकाहरुको लागि महत्वपूर्ण जानकारी हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal