आज :

अछाममा माओवादीका अक्कल रावलका जित सुनिश्चित 

  • अनलाइन डबली

काठमाडौं । अछाम क्षेत्र नं.-२ को प्रदेशसभा क मा वाम लोकतान्त्रिक गठबन्धनकाे उम्मेदवार अक्कल बहादुर रावलकाे जित सुनिश्चित भएकाे छ । पछिल्लो मत परिणाम अनुसार रावलले ९ हजार ९८० मत प्राप्त गरेका छन् । नेकपा एमालेका भीम बहादुर विष्टले ७ हजार ४९७ मत ल्याएका छन् ।

अब गणना हुन बाँकी मत भन्दा रावलले धेरै अग्रता लिएसँगै जित सुनिश्चित भएकाे हाे । यो समाचार तयार पार्दासम्म रावलले २ हजार ४३० मतले अग्रता लिएका छन् । अब गणना हुन मत २ हजार भन्दा कम रहेको बताइएको छ ।

रावलको जित सुनिश्चित भएसँगै सुदूरपश्चिम प्रदेशमा माओवादीका ७ जना उम्मेदवार विजयी भएका छन् । दार्चुलाबाट मानबहादुर धामी, डोटीबाट शिब सिंह वली, कञ्चनपुरबाट ओम बिक्रम भाट, बझाङबाट भिम भण्डारी, अछामबाट झपड साउँद, डडेल्धुराबाट खगराज भट्ट  र अछामबाट अक्कल बहादुर रावल रहेका छन् ।

यसैबीच गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता समेत रहेका आलेले ४ हजार २ सय ६ मतको अन्तर मत बनाउँदै विजय यात्रा समातेका छन् ।

बिहीबार बिहान सकिएको मतगणनामा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् ।

यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेका थिए । राप्रपाका अंकबहादुर खड्काले ८ सय २ मत प्राप्त गरेका थिए ।

डोटीबाट सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । डोटी प्रदेश १ मा एमालेका चक्रबहादुर मल्ल र डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका शिवसिं ओली निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal