आज :

एकाबिहानै रविका लागि आयो दुखद खबर, अग्रता लिँदा लिदै अन्तिम समयमा गुम्यो १ सीट

  • अनलाइन डबली

पोखरा । कास्की क्षेत्र नं २ बाट रबि लामिछानेका लागि एकाबिहानै दुखद खबर प्राप्त भएको ।

कास्की-२ मा रविका उम्मेदवारलाई हराएर प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् ।

उनका निकतम प्रतिद्वन्द्वी रवी लामिछानेको पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरे । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् ।

यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो ।

सुरुवातमा कँडेलले लामो समय अग्रता लिएका थिए तर अन्तिम समयमा लगातार भोट बिद्याको पक्षमा आएपछि उने ४ हजार मतले हारेका हुन् ।

यस्तै भक्तपुर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए ।

नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।

यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो । तिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३० मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ ।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । विभिन्न साना दलहरूको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ ।

प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal