आज :

सिन्धुपाल्चोक-१ मा माओवादीका युवा नेता सापकोटा विजयी, कति मतले पराजित भए एमालेका उम्मेदवार ?

  • अनलाइन डबली

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका युवा नेता माधवप्रसाद सापकोटा सुवोध विजयी भएका छन् । भरखरै सम्पन्न मत गणना अनुसार उनले निकटतम् प्रतिद्धन्दीका रुपमा नेकपा एमालेका नेता सुरेश नेपाललाई हराउँदै विजयी भएका हुन् ।

सार्वजनिक मत परिणाम अनुसार सापकोटाले ३० हजार ३७४ मत ल्याएर विजयी भएका हुन् । एमालेका नेपाल २७ हजार २१ मत मात्रै ल्याए । बाल्यकालबाटै जनयुद्धमा लागेका ४० वर्षीय सापकोटाको यो पहिलो चुनाव थियो ।

सिन्धुपाल्चाेक १ मा प्रतिनिधि सभा तर्फ ६९ हजार ५ सय ८८ खसेकाे थियाे । प्रदेश सभा १(१) मा ३३ हजार ८ सय ७१ र प्रदेश सभा १(२) ३५ हजार ७ सय १७ मत खसेकाे थियाे । सिन्धुपाल्चाेक क्षेत्र नं २ मा ७६ हजार ७ सय १६, प्रदेश सभा २(१) मा ३७ हजार ६ सय ३७ मत र प्रदेश सभा २(२) मा ३९ हजार ०७९ मत खसेकाे थियाे ।

मत गणनाको सुरुवाती चरणमा अग्रता लिएका नेपाल चौतारा साँगाचोकगढी क्षेत्रको गणना सुरु भएपछि पछि परेका थिए । सो नगरपालिका विजेता सापकोटाको जन्मस्थान हो । सो क्षेत्रमा यसअघि सभामुख अग्निप्रसाद सापकोटाले जितेका थिए ।

सत्तरुढ दलको गठबन्धनमा माओवादीको भागमा परेको सिन्धुपाल्चोक १ मा सभामुख सापकोटाले छोडेर युवा नेतृत्वका रुपमा माधव सापकोटालाई अघि सारेका हुन् । नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले समेत दावी गरेपनि उनलाई गठबन्धनले क्षेत्र नम्बर २ मा पठाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal