आज :

चितवनबाट आयो ताजा खबरः घण्ट बजाउँदै रविले बनाए दोब्बरको अग्रता, एमालेका पोखरेलको कति ?

  • अनलाइन डबली

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दोब्बर अग्रता बनाएका छन् । चितवन क्षेत्र नं. २ को पछिल्लो मत परिणाम अनुसार रविले १४ हजार २ सय मत पुर्याएका छन् । यो समाचार तयार पार्दासम्म नेकपा एमालेका कृष्णभक्त पोख्रेलले ६ हजार ९४९ मत मात्रै पाएका छन् । त्यस्तै नेपाली काँग्रेसका उमेश श्रेष्ठले ५९९० मत पाएका छन् ।

त्यसैगरी राप्रपाका रविन अधिकारीले २२९ र मंगोल नेशनल अर्गनाइजेसनका टेक बहादुर तामाङले ८१ मत पाएका छन् । मत गणना जारी रहेको छ ।

त्यसैगरी चितवनकै क्षेत्र नं. १ मा पनि रविकै पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् । उनले १७ हजार ७७ मत पाएका छन् भने नेपाली काँग्रेसका विश्‍वनाथ पौडेलले १२ हजार ५४५ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका नेता सुरेन्द्र प्रसाद पाण्डेले ११ हजार ७९६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मधुप कुमार भट्टराईले १ हजार ३४१ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार बिष्णु लामाले ४८० मात्रै मत पाएका छन् ।

यसैबीच मोरङबाट प्राप्त समाचार अनुसार ३ वटा क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् भने २ वटामा नेकपा एमाले र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार ७९५ मत पाएका छन् । एमालेका भानुभक्त ढकालले ६ हजार ४८८ मत मात्रै पाएका छन् । राप्रपा उम्मेदवार रेखा थापा २ हजार ३५६ मतसहित तेस्रो स्थानमा छिन् ।

मोरङ क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले सुरुदेखि नै अग्रता फराकिलो  बनाउँदै लगेका छन् । मोदीले १७ हजार २१३ मतसहित अग्रता लिएका छन् । उनको जित निश्चित जस्तै बनेको छ । उनलाई एमालेका विनोद ढकाल ९ हजार ३४८ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार कोइरालाले ११ हजार १०९ मत प्राप्त गरेका छन् । पण्डितले ८ हजार ९५० मत प्राप्त गरेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १२ हजार ३५ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ९ हजार ११९ मत पाएका छन् । जसपा उम्मेदवार राजकुमार यादवले ८ हजार ४७० मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार घनश्याम खतिवडा ७ हजार २९ मतसहित अगाडि छन् । कांग्रेसका डिगबहादुर लिम्बू ६ हजार ४५८ मतसहित दोस्रो स्थानमा दुई उम्मेदवारबीचको मतान्तर ५७१ छ । त्यस्तै, २ नम्बर क्षेत्रमा एमालेकै ऋषिकेश पोखरेल अगाडि छन् । ९ हजार ९६८ मतसहित अग्रता बनाएका छन् । नेपाली कांग्रेस उम्मेदवार सुजाता कोइराला ८ हजार ९०७ मतसहित पछ्याइरहेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal