आज :

बागमती प्रदेशमा माओवादीले खाता खोल्यो, गोतामेले एमालेका उम्मेदवारलाई दोब्बर मतले हराए

  • अनलाइन डबली

काठमाडौं । सोचेजस्तो परिणाम ल्याउन नसकेको नेकपा माओवादी केन्द्रले बामगति प्रदेशमा जितको खाता खोलेको छ । मंगलबार राति सम्पन्न मत गणना अनुसार रसुवामा प्रदेशसभा (२) बाट माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद गोतामे विजयी भएका छन् ।

गोतामेले फराकिलो मतान्तरसहित नेकपा एमालेका तेम्ब्रेल तामाङलाई पराजित गरेका छन् । माओवादीका गोतामले आठ हजार पाँच सय ३३ मत प्राप्त गर्दा एमालेका तामाङले ४ हजार ८४ मत माात्रै प्राप्त गरे । मतगणना सम्पन्न भई अन्तिम नतिजा औपचारिक रुपमा घोषणा गर्ने तयारी भइरहेको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा (२) तर्फ १४ हजार पाँच सय ५८ मत खसेकामा तीन सय ५८ मत बदर भएको थियो । रसुवामा हालसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्षको मतगणना सम्पन्न भइसकेको छ भने समानुपातिकतर्फको मतगणनाको तयारी भइरहेको छ ।

रसुवाको प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भइसकेका थिए । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका थिए ।

यसैबीच माओवादीले मधेश प्रदेशमा पनि खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं १ (क) प्रदेश सभा सदस्य तर्फ माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् ।

अन्सारीले ७ हजार ८१७ मत प्राप्त गर्दा नेकपा एमाले उम्मेदवार विचारीप्रसाद यादवले ५ हजार २८६ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका अन्सारीले एमाले उम्मेदवार यादवलाई २ हजार २९८ मतले पछि पार्दै विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा २८ हजार २७३ मत खसेको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिका नगप्रमुखको उम्मेदवार फेरि २०७४ मै प्रदेशसभा सदस्य सदस्यमा उम्मेदवार रहेका रहवरले तेस्रो प्रयासमा जनप्रतिनिधिमा निर्वाचित भएका छन् । करिव ३७ वर्ष उमेर समूहका अन्सारी हालसम्म पर्साबाट निर्वाचित जनप्रतिनिधि मध्ये सबैभन्दा कम उमेर समूहका युवा हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal