आज :

पहिलो पटक अग्रता लिएकै बेला रविलाई सुनसरीबाट आयो दुःखद् खबर ! एक सिट गुम्ने खतरा

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । मत गणनाको सुरुदेखि पछि परेका लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेललाई पछि पार्दै अग्रता लिएका हुन् । मतान्तर बढी नभएपनि लामिछानेले त्यसलाई बढाउँदै लैजाने अनुमान गरिएको छ ।

रविले अग्रता लिएकै बेला सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ भने पछि परेकी छन् । नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले तामाङलाई पछि पारेका छन् । ७ हजार ४३६ मत गणना हुँदा सुब्बाले १ हजार ५५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका अशोकुमार राईले १ हजार ३४१ मत पाएका छन् ।

सुरुदेखि अग्रता लिएकी तामाङ १ हजार २८८ मत ल्याउँदै तेस्रो स्थानमा झरेकी छन् । रविले यो क्षेत्रलाई पनि जतिको सूचीमा राखेका थिए । तामाङ तेस्रोमा झर्नु रविको लागि दुःखद् खबर भएको बताइएको छ । स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १ हजार १५४ मत पाएका छन् भने राप्रपाका अशोककुमार राई अविरल १ हजार ५६ मत ल्याउँदै तेस्रो स्थानमा छन् । राप्रपाका राईले सुरुवाती अग्रता लिएका थिए ।

भरखरै प्राप्त समाचार अनुसार भोजपुरमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता सुदन किरातीले एमालेका शेरधन राईसँग मत अन्तर बढाउँदै लगेका छन् । कुल ६ हजार ३३० मत गणना हुँदा सुदनले ३ हजार २२ मत ल्याएका छन् भने शेरधनले २ हजार ४०८ मत ल्याएका हुन् । शेरधन र सुदनबीच मत अन्तर ६१४ छ । यसअघि बराबर भएका शेरधन र सुदन पछिल्लो अवस्थामा सुदनले मत अन्तर बढाउँदै लगेका छन् ।

यसैबीच प्रतिनिधि सभा गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग २१९३ मतान्तर बनाएका छन् । विष्टले १११३७ मत ल्याउँदा झाँक्रीले २१९३ मत प्राप्त गरेकी छन् ।

उता कैलाली–३ मा रेशम चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ खाता खोलेको छ । यहाँ उन्मु्त्तिका गंगाराम चौधरीले विजयी भएका छन् ।

चौधरीले जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये २३ हजार १ सय २० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए ।

यस्तै, एमालेका पूर्वमन्त्रीसमेत रहेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे। राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal