आज :

नवलपरासी- १ मा विनोद चौधरीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरी चम्किए, यस्तो छ मतान्तर

  • अनलाइन डबली

बुटवल । नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछि पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् । त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् ।

त्यस्तै इलाम–२ को मतगणनामा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उम्मेदवार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ फेरि पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् ।

पछिल्लो परिणामअनुसार खड्काले २१७८ मत ल्याएर अग्रता लिँदा नेम्वाङले २१०१ मत प्राप्त गरेका छन् । खड्का झिनो ७६ मतले अगाडि छन् । यो क्षेत्रको मत गणनामा नेम्वाङ र खड्का अघि पछि गर्दै आएका छन् ।

यस्तै क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेत अगाडि छन् । बस्नेतले ५६२६ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ४ हजार ८५० मत पाएका छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा २२ हजार ६४० मत गणना भएको छ ।

प्राप्त पछिल्लो मत गणना अनुसार यो क्षेत्रमा कांग्रेसका उदय शमशेर राणाले ९ हजार ७९७ मतसहित अग्रस्थान कायम गर्दा एमालेका उम्मेदवार नवराज सिलवाल ९ हजार ६२० मत प्राप्त गरेका छन् ।

राणा र सिलवालको मतान्तर जम्मा १७७ मात्र छ । घन्टी निर्वाचन चिह्नका सचिन घिमिरेले १३८६ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ ।

यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५४ हजार १२५ मत पाएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो पार्टीले २७ हजार १६० मत पाएको छ ।

चौथो नम्बरमा रहेको नेकपा माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ । राप्रपा पाँचौं नम्बरमा छ । उसले अहिलेसम्म समानुपातिकतर्फ १३ हजार ३४० मत पाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal