आज :

चितवन-२: सबैलाई पछि पार्दै पहिलो स्थानमा उक्लिए रवि, कति मतले गर्दैछन लिड ? यस्तो आयो ताजा अपडेट

  • अनलाइन डबली

ललितपुर । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।

यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् ।

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।

यस्तै चितवन–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् ।

६ हजार ६९ मत गणना हुँदा ढकालले २ हजार ४०७ मत पाएका छन् भने नेपाली कांग्रेसका विश्व पौडेलले २ हजार ८१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १ हजार ७४४ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमालेका पाण्डे निर्वाचित भएका थिए । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् ।

चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत पाएका छन् । माओवादीका पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् । उनले ३ हजार ८९६ मत पाएकी छिन् ।

एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।

यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal