आज :

डडेल्धुराको ताजा मतपरिणाम बाहिरियो, ५०० मत गन्दा देउवा र सागर ढकालको मतान्तर कति ?

  • अनलाइन डबली

डडेल्धुरा । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ५ सय मत गन्दा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन् ।

यस्तै कांग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।

प्रदेशसभा –१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन् ।

६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा नेपाली कांग्रेसले २१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । कांग्रेसले काठमाडौं ५ मा प्रदीप पौडेल, नवलपुर २ विष्णुकुमार कार्की, इलाममा २ डम्बरबहादुर खड्का, चितवन १ विश्वनाथ पौडेलले अग्रता लिएका छन् ।

त्यस्तै कञ्चनपुर ३ रमेश लेखक, बर्दिया २ सञ्जयकुमार गौतम, रौतहट ४ देवप्रसाद तिमलसेन, भक्तपुर २ दुर्लभ थापा क्षेत्री, रुपन्देही ३ बालकृष्ण खाँण, काठमाडौं १० राजेन्द्र कुमार केसीले अग्रता लिएका छन् ।

त्यस्तै सुर्खेत २ हृदयराम धामी, तनहुँ २ शंकर भण्डारी, कपिलवस्तु २ सुरेन्द्र राज आचार्य, अछाम २ पुष्पबहादुर शाह,, कपिलवस्तु ३ अभिषेकप्रताप शाह, मोरङ ६ डा. शेखर कोइरालाले अग्रता लिएका छन् ।

मकवानपुर १ महालक्ष्मी उपाध्याय (डिना), डडेलधुरा १ शेरबहादुर देउवा, तनहुँ १ रामचन्द्र पौडेल, काठमाडौं. ४ गगनकुमार थापा र राजु थापा स्याङ्जा १ ले अग्रता लिएका छन् ।

त्यस्तै प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना गर्दा एमालेका शीर्ष नेताहरू पछाडि परेका छन् । सोमबार अपराह्न ५० भन्दा बढी स्थानको मतगणना गर्दा एमालेका शीर्ष नेताहरू पछाडि परेका हुन् ।

प्रारम्भिक मतगणनामा महासचिव शंकर पोखरेलसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू बिष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे पछि परेका हुन् ।

महासचिव पोखरेल दाङ, वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं, पौडेल रुपन्देही, नेम्वाङ इलाम र पाण्डे चितवनबाट उम्मेदवार बनेका छन् । आइतबार सम्पन्न निर्वाचनको सोमबार बिहानबाट मत गणना सुरु भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal