 
	
काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीका गणेश पराजुली सुरुवाती अग्रता कायम गरेका छन् ।
यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।
यस्तै भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जारी बिहान साढे २ बजेदेखि मतगणनामा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् ।
गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय मतान्तरले अग्रता लिएका छन् ।
मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले दुई हजार तीन सय ३० मतले अग्रता लिएको छ ।
एमाले एक हजार छ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले दुई सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले चार सय २४ र नेपाल मजदुर किसान पार्टीले दुई सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी रहेको छ ।
निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
यसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए ।
प्रतिनिधि सभा तर्फ मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ। पछिल्लो प्राप्त विवरण अनुसार १९०० सय मत गन्दा नेपाली कांगेसका योगेशले १०६८ मत पाएका छन् ।
उनका निकटम प्रतिस्पर्धी नेकपा९एमाले०का प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त ल्याएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको हो । यस्तै रास्वपाले १२ मत र बदर मत ३३ पुगेको रहेको छ । मतगणना बिहान ३ बजेर ३५ मिनेटबाट गन्न सुरु थियो ।
अहिले लोमान्थाङ,मराङ,चिमाङ,लेते,छोसेर,सौरु,मार्फा,चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ। मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७२३० मत खसेको थियो।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


