आज :

चितवन २ को मतगणना सुरु- रवि लामिछाने र उमेश श्रेष्ठबीच यस्तो छ प्रतिस्पर्धा, प्रारम्भिक अपडेट

  • अनलाइन डबली

चितवन । चितवन २ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् । यता ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।

जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा राप्रपाका उम्मेदवारले ७६ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएका छन् ।

त्यस्तै भक्तपुर प्रतिपनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सोमबार बिहानदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ। यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए ।

चार स्थानमा मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ ।

मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिृकत श्रेष्ठले जानकारी दिए । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको थियो ।

सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal