आज :

बाजुरामा प्रहरीको इन्सास राइफल खोसेर स्थानीय फरार, प्रहरी हेरेको हेर्यै….

  • अनलाइन डबली

काठमाडौँ । बाजुराको त्रिवेणीमा नगरपालिका वडा नम्बर–७ मा प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको ज्यान गएको छ । मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् । उनी वडा नम्बर–७ का स्थानीय हुन् ।

त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेबाट झडप सुरु भएको थियो । झडप गर्नेहरूमा नेकपा एमाले र कांग्रेसका कार्यकर्ता थिए ।

झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन् । इन्सास राइफल अझै फेला नपरेको प्रहरी प्रवक्ता (एसएसपी) दान बहादुर कार्कीले बताए ।

आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलायो । प्रहरीले बल प्रयोग गर्दा सन्दीप ऐडीको मृत्यु भएको एसएसपी कार्कीले जानकारी दिए ।

सन्दीपको घटनास्थलमै मृत्यु भएको हो । झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन् ।

झडपमा त्रिवेणी नगरपालिका–७ बस्ने ३८ वर्षीय स्वयंसेवक पर्शुराम उपाध्याय, नेपाली कांग्रेसका प्रतिनिधि ३६ वर्षीय खड्कबहादुर ऐडी र ४८ वर्षका पूर्व वडा अध्यक्ष प्रेम बहादुर थापा घाइते भएका छन् ।

थापा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष हुन् । त्यस्तै विजयराज उपाध्याय पनि सामान्य घाइते छन् । घाइतेहरूलाई उपचारका लागी सुर्खेतमा पठाइएको छ ।

यस्तै स्याङ्जाको चापाकोट र गल्याङमा झडप र विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ ।

चापाकोट नगरपालिका-१ को भानु मावि मतदान स्थलमा दलका प्रतिनिधिबीच विवाद हुँदा झडप नै भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको हो ।

यसैगरी गल्याङ-७ मनहरीखरणक मावि मतदानस्थलमा विवाद भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार दुबै ठाउँमा मतदान लम्बिएकाे छ । दुबै ठाउँमा करिब डेढ घन्टा मतदान राेकिएकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal