आज :

बाजुराको मतदान केन्द्रमा गोली चल्दा १ जनाको मृत्यु, तीन घाइते, मतदानस्थल स्थानीयको घेराबन्दीमा

  • अनलाइन डबली

काठमाडौँ । एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुराको अवस्था दिनभरि तनावग्रस्त रह्यो । प्रहरीको गोली चल्दा एक जना युवाको मृत्यु भएको  बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पुष्टि गरे ।

उनका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षीय सन्दीप ऐडीको मृत्यु भएको छ ।

झडपमा प्रहरी कर्मचारीहरू पनि घाइते भएका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढपेपछि आइतबार दिनभरि तनावग्रस्त अवस्था रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रजिअ अधिकारीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन नौ वटा स्थानीय तह रहेको बाजुरामा सबैजस्तो पालिका हवाई फायर गर्नुपरेको जानकारी दिए ।

त्रिवेणी नगरपालिका–१ स्थित नाटेश्वरी मतदानस्थमा अहिले पनि स्थानीयले घेरा हालेका छन् । उनीहरूको विवरण भने खुल्न बाँकी रहेको प्रजिअ अधिकारीले जनाए । घाइतलाई उपचारका लागि सुर्खेतमा ल्याएको छ ।

मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाई फायर गरेको बुझिएको छ ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको खसालेको विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।

मतपेटिका खोसाखोस गरिरहेको अवस्थामा दुई पक्षीय झडपपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन गोली चलाएको प्रशासनले जनाएको हो ।यस्तै स्याङ्जाको चापाकोट र गल्याङमा झडप र विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ ।

चापाकोट नगरपालिका-१ को भानु मावि मतदान स्थलमा दलका प्रतिनिधिबीच विवाद हुँदा झडप नै भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको हो ।

यसैगरी गल्याङ-७ मनहरीखरणक मावि मतदानस्थलमा विवाद भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार दुबै ठाउँमा मतदान लम्बिएकाे छ । दुबै ठाउँमा करिब डेढ घन्टा मतदान राेकिएकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal