आज :

हुम्लाका २ मतदान केन्द्रमा तनाव, प्रहरीले गोली चलायो, मतदान अधिकृतसहित २ जना घाइते

हुम्ला । हुम्लाको खार्पुनाथ गाउापालिका-५ मानधारा मावि केन्द्रमा मतदानको विषयमा विवाद हुादा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

वारेशनामा मार्फत् मतदान गर्ने क्रममा विवाद भएपछि करिब पौने १२ बजेतिर प्रहरीले थ्री नट थ्री राइफलबाट हवाई फायर गरेको हो । त्यतिबेला देखि रोकिएको मतदान पुनः सुरु गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ ।

त्यस्तै हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । त्यहाँ बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको र मतपेटिका सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

बिहान ८ः३० बजे वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरुबीच झडप भएको थियो ।

सोही क्रममा सहायक मतदान अधिकृत भण्डारीको टाउकोमा चोट लागेको हो। त्यसपछि बसेको सर्बदलीय बैठकमा पुनः मतदान थाल्ने सहमति भएको थियो ।

तर फेरि एक दर्जन बढी व्यक्तिहरुले मतदान केन्द्र बाहिर ढुंगामुढा गरेपछि तनाव सुरु भएको थियो । त्यसपछि प्रहरी निरीक्षक पुष्पराज रोकायले पेस्तोलबाट एक राउण्ड र थ्री नट थ्री राइफलबाट ७ गरी ८ राउण्ड फायर गरेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal