आज :

तेह्रथुमको मतदान केन्द्रमै १ जनाको मृत्यु, थप विवरणसहित

  • अनलाइन डबली

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ ।

रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन।

उता दाङको तुलसीपुर उपमहानगरपालिक–७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिएको हो । बालुवाको बोरामा ‘खतरा’ लेखेर शंकास्पद वस्तु देखिएको छ । साथै तारहरु पनि देखिएको छ ।

उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए ।

यो ठाउँ तुलसीपुर बजारदेखि करिब २ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीयले विहान ७ बजेदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आइतबार बिहान पनि घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी र हेमन्तपुरको सिमाना नजिकै बम भेटिएको थियो ।

यता गुल्मीको मालिका गाउँपालिका- ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ ।

प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुन: मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई जिम्मेवारीबाट परिर्वतन पनि गरिएको छ । मतदान गरेका ५४ जना मतदाताले पुनः प्रतिनिधि सभाको मत दिन पाउने भएका छन् ।

जिल्लाका अन्य स्थानमा भने शान्तिपूर्ण मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal