आज :

निर्वाचन बहिष्कारको मागसहित आयोगको कार्यालय अगाडि नाराबाजी, ६ जना पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । देशभर चुनावी माहोल तातेका बेला नेकपा बहुमत, नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेकपासहितका पार्टी चुनाव बहिस्कार तथा खारेजी अभियान चलाएका छन् ।

यसैबीच नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताहरुले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरुले निर्वाचन बहिष्कार गरौँ भन्दै नाराबाजी गरेका थिए ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार सो क्रममा ६ जनालाई पक्राउ गरि प्रहरी परिसर कार्यालय दरबारमार्गमा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal