आज :

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने

  • अनलाइन डबली

काठमाण्डाै । मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन् । यसअघिका निर्वाचनमा राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो ।  मतदान केन्द्रमा राजनैतिक दलका प्रतिनिधिहरु राख्न दिदा  भिडभाड हुने सम्भावना  देखिएको भन्दै आयोगले यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरिएको हो ।   निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निर्देशिका पठाएर सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिले मात्रै मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्थाबारे जानकारी गराएको छ । यो ब्यबस्था अनुसार  सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र पेस गरेपछि मात्रै मतदान केन्द्रमा प्रतिनिधि बस्न पाउने छन् ।

unn.prixa.net

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal