आज :

मतदानकाे २ दिनअघि आजदेखि काठमाडौँ उपत्यकामा लाग्यो यस्तो प्रतिबन्ध

  • अनलाइन डबली

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा रक्सी बिक्री वितरण र खानमा प्रतिबन्ध लगाएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए।

ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा यस सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

यस्तै प्रशासन कार्यालय काठमाण्डौले बुधबार पनि एक विज्ञप्तिमार्फत यही मङ्सिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त गाडीबाहेक आन्तरिक रुपमा सबै किसिमका गाडी आवतजावतमा रोक लगाइएको जानकारी गराएको छ ।

प्रशासनले आज र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि जानकारी गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal