आज :

निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर विषाक्त पुष्टि, अब के हुन्छ ?

  • अनलाइन डबली

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि भन्दै निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजरमा विषाक्त केमिकलको मात्रा अत्यधिक रहेको भन्दै यसको प्रयोग नगर्न औषधी व्यवस्था विभागले कडा निर्देशन दिएको छ ।

स्यानिटाइजरको सम्बन्धमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले बनाएको मापदपण्ड विपरीत पाइएको भन्दै औषधी व्यवस्था विभागले ती स्यानिटाइजरको प्रयोग नगर्न कडा चेतावनी दिएको हो ।

निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा प्रयोगका लागि भन्दै ५ सय एमएलको १० थानका दरले प्रत्येक मतदान केन्द्रमा ५ लिटरका दरले स्यानिटाइजर वितरण गर्ने तयारी गरेको थियो । सोही तयारी अनुसार स्थानका मतदान केन्द्रमा ती स्यानिटाइजरहरू पठाइसकिएको थियो भने काठमाडौँकै कतिपय मतदान केन्द्रमा स्यानिटाइजर पुगिसकेको थियो ।

तर मंगलबार साँझ एकाएक निर्वाचन आयोगले आफ्नो सिस्टममार्फत् मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमस पठाएर आयोगले पठाएको स्यानिटाइजर प्रयोग नगर्न सूचित गर्दै स्यानिटाइजर आयोगमै फिर्ता पठाउन आग्रहसमेत गर्‍यो । निर्वाचनको मितिभन्दा ४ दिन अगाडि मात्रै पठाइएको उक्त एसएमएसमा स्यानिटाइजर प्राविधिक परीक्षणअनुसार उक्त स्यानिटाइजर योग्य नदेखिएको उल्लेख गरिएको थियो ।

बुधबार बिहान अर्थात् कात्तिक ३० गते मात्रै औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै ग्लोबल हेल्थकेयर, कुञ्जपुरा, कर्नाल, भारतको उत्पादन रहेको जिएचसी ह्याण्ड स्यानिटाइजरमा विषाक्त मिथाइल अल्कोहलको मात्रा अत्यधिक पाइएको भन्दै उक्त स्यानिटाइजरको विक्री वितरण बन्द गर्न र बजारमा गइसकेको भए पनि फिर्ता लिन सूचित गरिएको थियो ।

विभागको सूचनामा उक्त कम्पनीको ब्याच नम्बर CARE-11-22-DEC, 2024 र उत्पादन मिति जनवरी २०२२ अर्थात् एक्सपायर मिति डिसेम्बर २०२४ रहेको ५०० एमएलको स्यानिटाइजरमा कैफियत पाइएको बताएको छ । स्मरणीय के छ भने यो त्यही स्यानिटाइजर हो, जुन स्यानिटाइजर निर्वाचन आयोगले टेण्डर प्रक्रियाबाट खरिद गरेको थियो र मतदान केन्द्रहरूमा पठाएको थियो ।

निर्वाचन आयोगले कोभिड १९ तथा अन्य केही रोगहरुबाट बच्नमा मद्दत गर्न सक्छ भने प्रत्येक मतदान केन्द्रहरूमा १० थानका दरले पठाउने निर्णय गरेको थियो ।

सोही अनुसार दुर्गमका सबैजसो मतदान केन्द्रमा ती स्यानिटाइजर पुगिसकेको छ भने कतिपय स्थानमा पुग्ने प्रक्रियामै छ । तर मतदान केन्द्रहरूमा स्यानिटाइजरहरू पठाइसकेपछि निर्वाचन आयोगले प्रयोगशाला परीक्षणका लागि उक्त स्यानिटाइजर पठाएको थियो ।

मंगलबार परीक्षणबाट उक्त स्यानिटाइजरमा विषाक्त मिथाइल अल्कोहलको मात्रा अत्यधिक रहेको पाइएको थियो । त्यसलगत्तै आयोगले एसएमएस पठाएर उक्त स्यानिटाइजर प्रयोग नगर्न र नगराउन सूचित गरेको थियो ।

निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी टेण्डर मार्फत लिएको ह्याण्ड स्यानिटाइजर विषाक्त रहेको पाइएपछि उक्त स्यानिटाइजर प्रयोगमा नल्याउन सूचित गरिसकेको छ । आयोगले टेण्डर प्रक्रिया पूरा गर्नेदेखि स्यानिटाइजरलाई विभिन्न जिल्लामा ढुवानी गर्ने प्रयोजनमा पनि लाखौं रकम खर्च गरिसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्यानिटाइजर वापतको रकम भुक्तानी नदिइएको दाबी गरेका छन् । पौडेलले टेण्डर प्रक्रियाबाटै खरिद गरिएको भएपनि पहिले ल्याब टेष्ट नगरिएको र अहिले ल्याब टेष्ट गर्दा विषाक्त रहेको पाइएपछि प्रयोग नगर्न भनिएको बताए ।

सामान आएपछि ल्याब टेष्ट गरेर मात्रै वितरण गर्नुपर्ने होइन र भन्ने प्रश्नमा प्रवक्ता पौडेलले केही स्थानमा मात्रै स्यानिटाइजर पुगेको र धेरैजसो स्थानमा पुगिनसकेको बताए । स्यानिटाइजर पठाउँदा हुने ढुवानी खर्चसमेत भराउने गरी आपूर्तिकर्ताको धरौटीबाट असुल गर्न सकिने प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal