आज :

आफैले बनाइरहेको बम बिस्फोट भएर विप्लवका २ नेता घाइते, एकको अवस्था गम्भीर

  • अनलाइन डबली

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ। बिस्फोटमा परी विप्लवको बिद्यार्थी संगठनका २ नेता घाइते भएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा बुधबार विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

उनकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो। सो क्रममा क्षेत्री र धर्म सुनार घाइते भएका छन्। सुनारको अवस्था गम्भीर रहेको छ।

घाइते दुवै जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ। कोठाभित्र भेटिएको दुइवटा बममध्ये एउटा विष्फोट नभएपछि अर्कोलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताताहरुले बम बनाइरहेका थिए। प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ।

यस्तै भोजपुरको तिवारी भन्ज्याङमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई टार्गेट गरेर बम बिस्फोट गराउन खोज्ने विप्लव नेकपाका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता सुमन श्रेष्ठ रहेका छन् । आफैले बोकेको टिफिन बम पड्केर उनी घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal