आज :

नेपालगञ्जमा प्रेसर कुकर बम बिस्फोट, २ जना घाइते, एकको अवस्था गम्भीर, सेना-प्रहरी घटनास्थलमा

  • अनलाइन डबली

काठमाडौँ । नेपालगञ्जमा बम बिस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा प्रेसर कुकर बम बिस्फोट भएको हो ।

बिस्फोटमा परी २ जना घाइते भएका छन् । प्रहरीका अनुसार विप्लव नेकपाका एक कार्यकर्ताको कोठामा बम बनाउने क्रममा बिस्फोट भएको हो ।

प्रेसर कुकर बम बिस्फोट हुँदा डिल्ली क्षेत्री र धर्म सुनार घाइते भएका छन् । सुनारको अवस्था गम्भीर रहेको छ ।

घाइते दुवैलाई भेरी अस्पतालमा ल्याइएकोमा केहीबेरको उपचारपछि सुनारलाई नेपालगञ्ज मेडिकल कलेज लैजाने तयारी भएको छ । विप्लव नेकपाले चुनाव बहिष्कारको नीति लिएको छ ।

त्यस्तै घटनास्थलमा कोठाभित्र खाटमुनी राखिएको अवस्थामा अर्को बम समेत भेटिएको प्रहरीले जनाएको छ । उक्त बम डिस्पोजका लागि अहिले घटनास्थलमा नेपाली सेना खटिएको छ ।

चुनावको बेलामा तर्साउनका लागि बम बनाउने क्रममा बिस्फोट भएको प्रहरीले आशंका गरेको छ । बाँके प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

उता भोजपुरको तिवारी भन्ज्याङमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई टार्गेट गरेर बम बिस्फोट गराउन खोज्ने विप्लव नेकपाका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता सुमन श्रेष्ठ रहेका छन् । आफैले बोकेको टिफिन बम पड्केर उनी घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।

यो समाचार तयार पार्दासम्म घटनाको जिम्मा विप्लवले लिएका छैनन् । विप्लव नेकपाले चुनाव खारेज गर्ने निर्णय गरेसंगै देशभर चुनाव बिरोधी गतिबिधि हुन थालेको भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

हेर्नुहोस घटनास्थलको भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal