आज :

सातदोबाटोमा शक्तिशाली बम बिस्फोट, प्रहरी घटनास्थलमा, थप विवरणसहित

  • अनलाइन डबली

काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिकामा बम विष्फोट भएको छ । भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोटको आवाज आएपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको दोलखाका डीएसपी गंगा पौडेलले बताए । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।

यता भोजपुरको तिवारी भन्ज्याङमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई टार्गेट गरेर बम बिस्फोट गराउन खोज्ने विप्लव नेकपाका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता सुमन श्रेष्ठ रहेका छन् । आफैले बोकेको टिफिन बम पड्केर उनी घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।

यता उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ‘बहिष्कार’ गर्ने समूहमाथि कडा निगरानी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचित सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचित आयुक्त दिनेशकुमार थपलियासहित सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । सो समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्याल हुन् ।

बैठकमा शान्तिसुरक्षा मिलाउने आचारसंहिता पालना गराउने विषयमा छलफल भएको एकजना उच्च सुरक्षा अधिकारीले रातोपाटीलाई बताए । ति अधिकारीले भने–‘चुनाव बहिष्कार गर्ने समूहले विस्फोट गराउन सक्ने हुनाले त्यस्ता समूहलाई कडा निगरानी गर्न गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

’मंगलबार निर्वाचन सुरक्षाबारे भएको छलफलमा गृह सचिव, अर्थ सचिव, रक्षा मन्त्रालयका सचिव र निर्वाचन आयोगका सबै आयुक्तहरू सहभागी थिए । सुरक्षा समितिले आचारसंहिता कडाइपूर्वक पालना गराउन गृह मन्त्रालयलाई भनेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी)ले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal