आज :

गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्य बर्खास्त

  • अनलाइन डबली

पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका छन् । मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आचार्यलाई मन्त्रीबाट बर्खास्त गरेकाे सूचना निकालेका छन् ।

आचार्यले समाल्दै आएकाे ऊर्जा, सिंचाइ, जलस्राेत तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री पाेखरेल आफैंले समहाल्ने गरि हटाएका हुन् ।

आचार्यले गोरखामा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेका हुन् । आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेको आरोप छ ।

आचार्य २०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट गण्डकी प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए । आचार्यलाई हटाउन मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखसमक्ष मंगलबार नै सिफारिसपत्र लेखेका थिए ।

यसअघि आचार्यले नेपाल समाजवादीका उम्मेदवार फडिन्द्र देवकोटाविरुद्ध बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए । बागी फिर्ता लिएपनि एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएकाे एक मन्त्रीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal