आज :

चुनावको मुखमा एमालेमा पहिरो, सचिवालय सदस्यहित दर्जनौं कार्यकर्ता माओवादीमा प्रवेश

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको संघारमा दलहरु चुनावी अभियानमा जुटिरहेका बेला नेकपा (एमाले) रामेछापमा ठूलो पहिरो गएको छ । रामेछाप घर भएका नेकपा (एमाले) बागमती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामाको नेतृत्वमा रामेछाप जिल्ला कमिटी सदस्य, गाउँ कमिटी सदस्यलगायत ४२ जना कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका लामासहितका कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज खुमलटारमा खादा लगाएर स्वागत गरेका छन् ।

नव प्रवेशी लामाले एमाले कम्युनिष्ट नैतिकता र सिद्धान्तबाट पतन भइसकेको भन्दै उक्त पार्टीमा रहनुको कुनै अर्थ नरहेको बताए । महाकाली सन्धिमा गरेको राष्ट्रघातदेखि अहिलेसम्म एमालेले थुप्रै राष्ट्रघात गरेको भन्दै लामाले बाहिर राष्ट्रवादको नारा लगाउनेहरु एमाले नेताहरु नै सबैभन्दा बढी राष्ट्रघाती भएको बताए ।

पार्टीमा इमान्दार, सिद्धान्तनिष्ठ नेताहरुलाई पाखा लगाउँदै एमालेले राजतन्त्र फर्काउने भन्दै हिडेका राप्रपासँग तालमेल गर्ने, कमल थापाहरुलाई सूर्य चुनाव चिन्ह दिने एमाले नेताहरु दलाल, विचौलियाको चङ्गुलमा फसिसकेको बताए ।

सामाजिक परिवर्तन, आर्थिक विकास र राष्ट्रियताका पक्षमा निरन्तर संघर्ष गर्ने कम्युनिष्ट पार्टी माओवादी केन्द्र मात्रै रहेको र त्यसको कुशल नेतृत्व अध्यक्ष प्रचण्डले गरिरहेकोले आफूले माओवादी केन्द्र रोजेको लामाले बताए ।

अध्यक्ष प्रचण्डले स्वागत गर्दै सबैलाई पार्टीले उचित जिम्मेवारी दिइने बताए । अहिलेको एमाले नेतृत्व प्रतिगमनको मतियार बनेको भन्दै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशी÷समानुपातिक प्रणाली नै खारेज गर्नेतर्फ एमाले अध्यक्ष ओली लागिरहेको बताए । संसद विघटन गरेर संविधान नै च्यात्ने कुचेष्टा गरेका ओलीले राजतन्त्रको वकालत गर्नेहरुसँग मिलेर परिवर्तनका एजेण्डामाथि धावा बोल्न खोजेको तर त्यसलाई वाम लोकतान्त्रिक शक्तिले परास्त पार्ने अध्यक्ष प्रचण्डले बताए ।

एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा रामकृष्ण लामासहित एमाले रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा, पूर्व जिल्ला सदस्य हरि बहादुर लामा र बसन्त सागर लामा, गाउँपालिका कमिटी सदस्यहरु रोज बहादुर लामा, रामशरण गौतम, रामकुमार विक रहनुभएको छ। त्यसैगरी अनेरास्ववियुका रिजन लामा, हेमन्त सागर लामा, उर्मिला विक, युवा संघ जिल्ला कमिटी सदस्य अपिल लामा, युवा संघका संघर्ष लामा, अनिल लामा, निश्चल लामा, फुर्वाराज लामा, प्रशान्त लामा, यामलाल मानन्धर, श्याम मानन्धर, गणेश बहादुर श्रेष्ठ, सेन्स योन्जन, मिना रसाइली, सुनिल घिसिङ, अमर विक, विष्णु विक, मिन कुमार विक, मोहन माया श्रेष्ठ, चमेली विक, निशा विक, रीता विक, सुजन विक, अनिल तामाङ, अग्नि घिसिङ, असली लामा, रञ्जना लामा, कविता लामा, करण लामा, सरस्वती गौतम, बालकृष्ण मानन्धर, राजु तामाङ लगायतका कार्यकर्ता रहेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal