आज :

मन्त्री भुसालको घरदैलोः मतदातासँग प्रतिवद्धता- अबको भिजन, गुणस्तरीय जीवन

  • अनलाइन डबली

काठमाडौं । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताए । क्षेत्र नं ३ का विभिन्न स्थानमा आज आयोजित घरदैलो कार्यक्रममा उनले ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्नेअधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न आफू लागि पर्ने प्रतिवद्धता समेत जाहेर गरिन् ।

आइतबार भुसालले ललितपुर महानगरपालिका वडा नं २६ को चिवहाल, ढोलाहिटी, जैनखेल र सुनाकोठी तथा वडा नं २७ को चौतारा, ओखाट र बालकुमारीका मतदातासँग अन्तरक्रिया गरेकी छन् । घरदैलो अभियानका क्रममा भुसालले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् । घरदैलोको क्रममा भुसालले २०७४ सालको निर्वाचनमा विजयी भएयता आफूले जनतासँग अन्तरक्रिया गर्दै जनअपेक्षा पूरा गर्न लागि पर्दै आएको बताइन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत क्षेत्र नं ३ का स्थानीयको विकासका आकाङ्क्ष पूरा गर्न आफूले बजेट निकासा गरेको स्मरण गर्दै उनको विशेष पहलमा मच्छिन्द्रनाथ र कार्यविनायक जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो पुलले दुई सांस्कृृतिक सम्पदालाई एकापसमा जोडेको छ ।

सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ । मन्त्री भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गरेकी छन् । ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने भुसालले दृढता छ ।

गुणस्तरीय जीवन समाजवादको प्रस्थान विन्दु रहेको, त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार भुसालको भनाइ छ । उनले प्रतिबद्धतापत्रमार्फत अर्थतन्त्र, पर्यावरण÷वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा आगाडि सारेकी छन् । मन्त्री भुसालले आज विहान कुपण्डोलबाट घरदैलो अभियान सुरु गर्ने तयारीमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal