आज :

आवेदन मितिका आधारमा कोरोना बीमा दाबी तत्काल भुक्तानी गर्न निर्देशन

  • अनलाइन डबली

काठमाडौं । आवेलन मितिका आधारमा कोरोना बीमा बापतको दाबी भुक्तानी गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार बीमितले दिएको आवेदन मितिका आधारमा भुक्तानी गर्न बीमा कम्पनीलाई दिन निर्देशन दिइएको छ ।

भुक्तानीको लागि सरकारले १ अर्ब रुपैयाँ र बीमा क्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ आवेदन मितिलाई आधार बनाउन समितिले निर्देशन दिएको हो । सिलवालका अनुसार अहिले बीमितले कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्दै जाने र बाँकी अर्को चरणमा गर्ने तयारी भइरहेको छ ।

सरकारबाट थप रकम निकासा भएपछि त्यसकै आधारमा क्रमश: भुक्तानी गर्दै जाने समेत बताए । भुक्तानी शुरू भएपछि बीमितहरूमा सकारात्मक सन्देश जाने भएकाले कम्पनीहरूलाई तत्काल रकम वितरण शुरू गर्न निर्देशन दिइएको हो । कोरोना बीमाको पैसा नै नपाउने हो कि भन्ने आशंका रहेको बेला यो तयारीसँगै ढिलोचाँडो पाइन्छ भन्ने सन्देश जाने समितिले विश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal