आज :

अछाममा वाम लोकतान्त्रिक गठबन्धनको जित निश्चितः तिमिल्सिना

  • अनलाइन डबली

अछाम । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना ‘राप्ती’ ले अछाममा वाम लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित बन्दै गएको बताएका छन् । उनले जनयुद्ध, जनआन्दोलनका उपलब्धी विरुद्धमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चालेका कदमलाई जनताबीच पुर्याउँदा गठबन्धनको पक्षमा लहर बढ्दै गएको बताए ।

“ओलीको प्रतिगमन अपूर्त जस्तै थियो तर अहिले हामीले जनताको बीचमा पुर्याउँदा जनता एकहदसम्म स्पष्ट भएका छन् । यसले एमाले जनताबाट एक्लिदै गएको छ, यसले गठबन्धनको जितलाई सुनिश्चित बनाउँदै लगेको छ” राप्तीले अनलाइन डबलीसँग भने ।
अछाम क्षेत्र नं. २ को गठबन्धनको चुनावी प्रचारमा रहेका राप्तीले यो क्षेत्रमा एमालेभन्दा गठबन्धन झण्डै दश हजार मतले अगाडि रहेको समेत बताए ।

एमाले अध्यक्ष ओली जन्मजातै राजावादी रहेको बताउँदै त्यसको पुष्टि कमल थापासँगको गठबन्धनले पुष्टि गरेको समेत बताए । जनताले यसअघि अछामी जनताले मतदान गरेर कम्युनिस्टलाई दुई तिहाई बहुमतमा पुर्याउन योगदान गरेको तर ओलीकै कारण दुई तिहाईको सरकार ढलेको राप्तीले बताए ।

क्षेत्र नं. २ बाट गठबन्धनका उम्मेदवार पुष्पबहादुर शाह, प्रदेशसभा (क) का उम्मेदवार अक्कलबहादुर रावलसहित चुनावी अभियान टोली आज अछामको भुलु पुगेको छ । हिजो रहफमा चुनावी सभा गरेर आज भुलु पुगेको राप्तीले बताए । उनले गठबन्धनको पक्षमा जनता उत्साहित भएको समेत दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal