आज :

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्णपदक विजेता कर्णालीकी प्रमिला बुमीलाई अभिनन्दन

  • अनलाइन डबली

काठमाडौं । गत मे महिनामा काठमाडौंमा भएको अन्तराष्ट्रिय कराते प्रतिस्पर्धामा स्वर्णपदक बिजेता सर्केगाड १ जैरकी प्रमिला बुमीलाई हुम्ली युवाहरुले मंगलबार राजधानीमा अभिनन्दन गरेका छन् ।

अपर हुम्लाको नाम्खा युवा क्लब र लिमि युवा समाजले राजधानीको रामेटीमा हुम्ली युवाहरुको सवाल र त्यहाँको कला–संस्कृतिको प्रदर्शन कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली स्वास्थ्य वज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल र अतिथि आधार नेपालका देशिय निर्देशक प्रल्हाद ढकालले गेल्डमेडलिस्ट बुमीलाई बधाई तथा अझै प्रगतिको लागि शुभकामना सहित खादा लगाएका थिए ।

केकुसियन काई फूल कन्ट्याक्ट करातेमा ५० केजी तौलमा खेलेकी बुमिले २०२२ मे महिनामा इनटरनेष्नल फेडरेसन आफ कराते(क्योकुसियन) एसोसियसन नेपालले काठमाडौंमा आयोजना गरेको खेलमा उनले भारतिय खेलाडीलाई जितेर स्वर्णपदक जितेकी थिइन् ।

१९ वर्षिय बुमीले हालै असोज महिनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित ९औं राष्ट्रि खेलकुदको फूलकन्ट्याक कराते प्रतियोगितामा कास्य पदक जित्न सफल भएकी छन् । १ सयभन्दा बढी देशभरीका प्रतिस्पर्धिलाई उछिनेर तेस्रो हुन सफल बुमि कर्णाली प्रदेशबाट करातेमा नौवौं राष्ट्रिय खेलकुदमा एक मात्र विजेता हुन् । यसै वर्षको सेप्टेम्बर ९ र १० तारिखमा काठमाडौंमा आइएफकेकेले आयोजना गरेको खेलमा पनि उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal