आज :

यी हुन् ४ गोली खाएर सहकारीको लाखौं रकम लुटिनबाट जोगाउने हाकिम, केछ उनको अवस्था ?

  • अनलाइन डबली

सर्लाही । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा गो ली प्रहार गरी लुटपाटको प्रयास भएको छ।

सगुनको बागमती नगरपालिका–१ मिलनचोकमा अवस्थित सेवा केन्द्रमा बुधबार बिहान लुटपाटको प्रयास भएको हो।

लुटेरा समूहले सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि चार गो ली हानेको छ। शरीरका विभिन्न ठाउँमा चार गो ली लागे पनि कार्कीको अवस्था खतरामुक्त रहेको स्वास्थ्यकर्मीले जनाएका छन्।

भारतीय नम्बरको मोटरसाइकलमा आएका ३ जनाको समूहले कार्यालयमा प्रवेश गरी कार्कीलाई गो ली हानेका हुन्। कार्कीलाई हरिवनमा रहेको सरस्वती अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि काठमाडौंल्याइएको छ।

लुटेराहरूले कार्यालयभित्र पसेर कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। त्यसपछि लुटेरा समूहले उनलाई गो ली हानेका हुन्।

गो ली प्रहारपछि उनीहरू काउन्टरबाट एउटा झोला बोकेर भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन्।

‘झोलाबाट रकम निकालेर अन्यत्र राखिएका कारण लुटेराले लगेको झोलामा रकम नभएको बुझिएको छ’, सगुनका एक कर्मचारीले भने।
जिल्ला प्रहरी कार्यालय (सर्लाही) का डीएसपी विजय यादवले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए।

लालबन्दी–२ जुटपानी निवासी कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गरेर चार गोली लागेको छ। गोलीले शरीरको संवेदनशील अंगमा कुनै क्षति नभएका कारण बिरामी खतरामुक्त रहेको सरस्वती अस्पतालका सञ्चालक डा. राजीव साहले जानकारी दिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal