आज :

प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटी अस्पतालमा भर्ना, केछ स्वास्थ्य अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ । यद्यपि अस्पतालको आइसियुमै राखिएको छ’ प्रचण्ड निकट एक नेताले भने, ‘सामान्य सुधार भएपनि चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले आइसियुमै राखिएको छ ।’

सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् । यसैबी यता नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको टिकट वितरणबारे जानकारी दिन पदाधिकारी बैठक बोलाउन माग गरेका छन्।

सिन्धुली क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहेका गजुरेललको नाम अन्तिम समयमा काटिएपछि उनी असन्तुष्ट छन्। आफ्नो भागमा परेको टिकट खोसेर लेखनाथ दाहाललाई दिएपछि उनले असहमति पत्र बुझाएका छन्।

सो पत्र पाएपछि अध्यक्ष प्रचण्डले भेट्न बोलाएको र त्यसबेला आफूले पदाधिकारी बैठक राखेर उम्मेदवारी चयनबारे सार्वजनिक जानकारी दिन माग गरेकाे उनले बताए। उनको प्रस्तावमा प्रचण्ड सहमत छन्।

असोज ३१ गते विहान प्रचण्डलाई खुमलटार निवास पुगेर छलफल गरेको उनले बताए। ‘मैले अध्यक्षलाई भेटेर टिकट वितरणबारे पदाधिकारीलाई जानकारी दिन माग राखेको छु,’ गजुरेलले भने,‘उहाँले बोलाउँछु भन्नुभएको छ, अहिलेसम्म डाक्नुभएको छैन।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal