आज :

रुसको कट्टर विरोधी बेलायती प्रधानमन्त्री लिज ट्रसको कुर्सी पनि धरापमा, गृहमन्त्रीद्वारा राजिनामा

  • अनलाइन डबली

काठमाडौँ । युक्रेन नीतिका कारण बेलायतकी प्रधानमन्त्री लिज ट्रसको प्रधानमन्त्रीको कुर्सी धरापमा परेको छ । प्रधानमन्त्री दुई महिना पनि नपुग्दै ट्रसको राजिनामा माग्न थालिएको छ । यसअघिका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमाथि रुसले गरेको सैन्य कारवाहीबारे लिएको नीतिकै कारण सत्ताबाट हट्नु परेको थियो । जोनसनले दुई पटक युक्रेन नै पुगेर सैन्य सहयोगको घोषणा गरेका थिए । बेलायतले युक्रेनलाई सैन्य सहयोग पठाएसँगै रुसले बेलायतबारे लिएको नीतिकै कारण जोनसनविरुद्ध आक्रोस बढेको थियो ।

प्रधानमन्त्री ट्रसले पनि जोनसनकै नीतिमा अगाडि बढेपति विवादित बनेकी हुन् । युक्रेन घटनाबारे बेलायत सरकारले लिने नीतिको प्रभाव आन्तरिक राजनीतिक र जनजीवनमा पर्ने गरेको बताइएको छ । जोनसनले रुसविरुद्ध लिने कडा नीतिका कारण आन्तरिक राजनीतिमा देखा परेको संकटसँगै कुर्सी गुमेपछि ट्रस प्रधानमन्त्री चयन भएकी थिइन् । जोनसन सरकारका मन्त्रीले नै राजिनामा दिएका थिए । कन्जरभेटिभ पार्टीभित्रै पनि ट्रसको राजिनाको माग उठेको छ । उनलाई हटाउनेसम्मको बहस भइरहेको छ । पार्टीका धेरै सांसदहरूले पार्टीलाई बलियो राख्ने हो भन यो आवश्यक भएको र ट्रसलाई सकेसम्म चाँडो हटाउनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

विवाद बढ्न थालेपछि गृहमन्त्री सुएला ब्रेभरम्यानले पदबाट राजिनामा दिएकी छन् । उनी प्रधानमन्त्री लिज ट्रसको विश्वास पात्रको रुपमा थिइन् । गृहमन्त्री सुएलाले राजीनामा पत्रमा ब्रेभरम्यानले नियमहरूको प्राविधिक उल्लङ्घन भएको स्वीकार समेत गरेकी छन् । उनी दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्रीको सूचीमा परेकी छन् । अर्का एक एक पूर्व क्याबिनेट मन्त्रीले भने–‘जे हुनुपर्छ, छिटो गरौं ।’ अन्य सांसदहरूले हन्टको नियुक्तिपछि प्रधानमन्त्री ट्रसले केही समय हेरिदिन आग्रह गरेको र पुरानो योजनाबाट पछि हटेकाले हेर्नुपर्ने बताईरहेका छन् ।

युक्रेनलाई सहयोग गर्न सजिलो हुनेगरी ट्रसले बजेट हेरफेर गरिएको आरोप पनि लागेको छ । हेप्पीले सार्वजनिक रूपमा अर्को प्रधानमन्त्री बदलेर कन्जर्भेटिभ पार्टी टुटफुट हुनबाट बचाउन पनि आग्रह गरेका छन् । उनले मिनी बजेट उपयोगी सावित नभएको बताए । बीबीसीका अनुसार उनीजस्तै ट्रसकै पार्टीका धेरै सांसदहरू चिन्तित रहेका छन् ।

त्यसैगरी विपक्षी लेबर पार्टीका नेता सर केयर स्टारमरले भने ट्रसलाई राजीनामा दिएर चुनावको मिति घोषणा गर्न आह्वान गरेका छन् । ‘सबैभन्दा ठूलो खतरा भनेको अहिलेकै स्थितिलाई निरन्तरता दिँदै चुनाव नगराउनु हुन्छ । अहिलेको स्थिति सम्हाल्ने हो भने चुनावबाट लेबर सरकार ल्याएर अर्थतन्त्र सुधार्नु पर्छ” नेता केयरले भने । यूगर्भले गरेको मतसर्वेक्षणमा मंगलबार ट्रसको अप्रभल दर जम्मा १० प्रतिशत थियो, अर्थात बेलायतका १० मध्ये एकजना मात्रै ट्रस प्रधानमन्त्रीको रूपमा रहेको हेर्न चाहन्थे ।

रुसको कट्टर विरोधीको पहिचान बनाएकी ट्रसले प्रधानमन्त्री भएको केही समयपछि उनका वित्त मन्त्री तथा राजनीतिक सहयोगी क्वासी क्वारटेङले एक ‘मिनी बजेट, प्रस्ताव गरे । त्यसमा विगतका सरकारले धनी तथा कर्पोरेटहरुमाथि बढाएका करहरु कटौती गरियो । त्यस्तै धनाढ्य लगानीकर्ता आकर्षित गर्न विभिन्न विषयमा कयौं कर कटौतीहरु घोषणा गरे । ट्रसले घुमारो रुपमा युक्रेनमा सैन्य सहयोग गर्नेगरी बजेट ल्याउन लगाएको आरोप पनि लागेको छ । उनले युक्रेनलाई गर्ने सैन्य सहयोगलाई देशभित्रैबाट असुल गर्ने नीति लिएकै कारण नीति क्षेत्र पनि ट्रससँग चिढिएको छ ।

ट्रसले लिएको नीतिकै कारण बेलायतको वित्तीय बजार एक हप्तासम्म निरन्तर खस्किएन मात्र विदेशी लगानीकर्ताहरु यस्तो माहोलबाट आत्तिएर बाहिरिए । त्यसले गर्दा देशको मुद्रा पाउण्ड कयौं दशकयताकै सबैभन्दा कम मूल्यमा झर्यो । उनको यो आर्थिक अराजकताले स्वभावतः राजनीतिक संकट निम्त्याएको छ भने उनको कुर्सीमाथि प्रश्न उठेका छ् ।

जोनसनले युक्रेनमा सैन्य सहयोग पठाउदा आर्थिक रुपमा भएको क्षतिलाई पूर्ती गर्न कर थपलगायतका नीति अगाडि सारेकै कारण चौतर्फी विरोध भएको थियो । अन्ततः जोनसनकै क्याबिनेटका मन्त्रीले राजिनामा दिएका थिए । सेप्टेम्बर ५ मा सत्ता सम्हालेकी ट्रसमाथि पनि त्यस्तै संकट आइलागेको छ । उनको पकड द्रुत रूपमा कमजोर भइरहेको छ र पार्टीभित्र र बाहिर राजिनमाको माग उठेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal