आज :

पोखरामा दुर्घटना भएर १ खेलाडीको मृत्यु भएपछि देशभरका प्याराग्लाइडिङ बन्द

  • अनलाइन डबली

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले आजबाट देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको छ।

प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो।

आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी यो खेल बन्द गरिएको हो।

तर, प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यो खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको बताए। ‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ,’ उनले भने।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात सराङकोटस्थित जमिनमा खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal