आज :

महोत्तरीमा गठबन्धनले गर्यो निर्वाचन परिचालन कमिटी निर्माण

  • अनलाइन डबली

महोत्तरी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरेर महोत्तरीमा सत्ता गठबन्धनले निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । सुरक्षाको हिसाबले महोत्तरीमा अतिसंवेदनशील मतदानस्थल १ सय ४३ रहेको छ ।

भारतसँग खुला सीमा जोडिएको यो जिल्ला अतिसंवेदनशील मानिन्छ । गठवन्धनमा रहेको दलहरुको जिल्ला निर्वाचन परिचालन कमिटीको संयुक्त बैठकले संघिय र प्रदेश चुनाव परिचालन कमिटी प्रत्येक वडासम्म संयुक्त निर्माण गर्ने निर्णय गरेका छन् । साथै निर्वाचन प्रचारप्रसारको लागि प्रत्येक वडामा कार्यालय निर्माण गर्ने निर्णय समेत गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवको अध्यक्षतामाले यस्तो निर्णय गरेको हो । निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले यहाँ करिव एक हजार पाँच सय नेपाल प्रहरी र दुई हजार आठ सय म्यादी प्रहरी परिचालन गरेको छ भने थप सशस्त्र प्रहरी र नेपाली सेना आवश्यकतानुसार परिचालित हुनेछन् ।

महोत्तरीमा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा रहेका छन् । यस जिल्लामा ३ लाख ९७ हजार ३० मतदाता रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal