आज :

यी हुन् माओवादी केन्द्रका सुदूरपश्चिमबाट उम्मेदवारहरु

  • अनलाइन डबली

धनगढी । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ । माओवादीको भागमा परेका प्रतिनिधिसभाका चार र प्रदेशसभाका १२ क्षेत्रकै टुंगो लगाएर उम्मेदवारी दर्ता भइरहेको छ ।

माओवादीको भागमा परेका कैलाली-२ मा भगत बडुवाल, कंचनपुर-१ मा बिना मगर, बैतडीमा  नरेन्द्र कुँवर, कैलाली-३ मा कृष्ण कुमार चौधरीलाई टिकट दिएको छ । त्यस्तै प्रदेशसभा अन्तरगत डडेल्धुरा (क) मा खगराज भट्ट, अछाम-२ (क) अक्कल रावल, अछाम- १ (ख) झपट साउँद, कैलाली १ (ख) दिर्घ बिनाडी, कैलाली २ (ख) नन्दबहादुर साउँद, कैलाली ५ (क) रमेश सिंह धामी रहेका छन् ।

त्यसैगरी कञ्चनपुर २ (क) ओम विक्रम भाट, कञ्चनपुर ३ (क) टेकेन्द्र प्रसाद भट्ट, दार्चुला (ख) मानबहादुर धामी, डोटी (ख) शिवसिंह ओली, बाजुरा (क) कर्णबहादुर बिक, बझाङ (ख) भिम भण्डारी रहेका छन् ।

उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइने निर्वाचन आयोगले जनाएको छ । पहिलजसो बाजागाजा, झाँकी लैजान  समेत निषेधमा गरिएको छ ।

यही असोज १२ गतेदेखि कार्यान्वयनमा आएको निर्वाचन आचारसंहितामा अघिल्ला निर्वाचनको भन्दा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा प्रचारप्रसारका क्रममा बढीमा १० वटा झन्डा प्रयोग गर्न पाइने, राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने, मतदानको १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइने, उम्मेदवारले सम्पत्ति विवरण र वैयक्तिक विवरण (बायोडाटा) फाराम बुझाउनुपर्ने, २५ जनाभन्दा बढी भेला भएर मनोनयनपत्र पेस गर्न र प्रचारका क्रममा मतदाताको घरदैलोमा जान नपाइनेलगायतका व्यवस्था थप गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal