आज :

दशैँ आउन ३ दिन मात्रै बाँकी रहेका बेला त्रिभुवन विमानस्थलमा लाग्यो यस्तो प्रतिबन्ध

  • अनलाइन डबली

काठमाडौं । दशैँ आउन ३ दिन मात्रै बाँकी रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटर क्षेेत्र भित्र ड्रोन उडान प्रतिवन्ध लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो ।

यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ । यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर गरेमा कानूनअनुसार कडा कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

ड्रोन उडान सम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरेपनि पछिल्लो समय अटेर गरी ड्रोन उडाइरहेको पाइएको कार्यालयको भनाइ छ ।

यस्तै काठमाडौंस्थित त्रिभुवन विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य स्थानमा मनिचेन्जरको इजाजत दिन बन्द गरिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गर्ने सम्बन्धी कार्य बन्द गरिएको हो ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal