आज :

पुटिनको यस्तो कठोर घोषणापछि रुसमा विरोध प्रदर्शन, दर्जनौं पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । रुसी राष्ट्रपति पुटिनले सेनाको आंशिक परिचालनको घोषणा गरेसँगै रुसका जनताले यसको विरोध गरेका छन् । पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइने र हतियारमा लगानी पनि बढाइने बताएका थिए ।

प्रहरीले हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । रुसी मानवअधिकार संगठन ओवीडी–इन्फोका अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ ।

मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै पक्राउ परेका छन् । यससँगै प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिबर्गमा दर्जनौं मानिसलाई पक्राउ गरेको छ ।

पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानको बुकिङमा उल्लेख्य वृद्धि भएको थियो । केही समयपछि एउटै उडानमा पनि ठाउँ बाँकी थिएन ।

मस्कोको अभियोजकको कार्यालयले बुधबार इन्टरनेटमा अनाधिकृत विरोध प्रदर्शनको लागि बोलाउँदा वा त्यसमा सहभागी भएमा १५ वर्षसम्म बढी जेल सजाय हुन सक्ने चेतावनी दिएको थियो ।

युक्रेन युद्धसँग सम्बन्धित ‘प्रचार’ फैलाउँदा कडा सजाय दिइने प्रावधान एवं पुटिन विरोधी सामाजिक कार्यकर्तामाथि प्रहरीको प्रताडनापछि रुसमा सार्वजनिक रुपमा विरोध प्रदर्शन निकै दुर्लभ भएको छ ।

पुटिनले गत बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरे, जसको अर्थ तीन लाख आरक्षित सेना पठाउने हो । पुटिनले आफ्नो टेलिभिजन सम्बोधनमा रुसको क्षेत्रीय अखण्डतालाई कायम राख्न आफूले उपलब्ध सबै माध्यम प्रयोग गर्ने बताएका थिए।

पश्चिमी विश्वमा पुटिनको यो भनाइलाई आणविक हतियारको प्रयोग भनेर व्याख्या गरिएको छ । युक्रेन र उनका सहयोगीहरूले पुटिनको भनाइको निन्दा गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal