आज :

एमालेको मर्निङवाक सुरु, ओली वानेश्वरबाट बसन्तपुर पुग्ने

  • अनलाइन डबली

काठमाडौं । नेकपा (एमाले) का नेताहरुको मर्निङवाक सुरु भएको छ । एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाण्डौमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट बसन्तपुर पुग्ने कार्यक्रम रहेको छ ।

असोज ३ गते संविधान दिवस पारेर एमालेले मर्निङवाक गरेको हो । निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको बताइएको छ ।

बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु हुने भनिएपनि ७ बजेपछि मात्रै नेताहरुले पैदत यात्रा सुरु गरेका छन् । ‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली नयाँ बानेश्वरबाट पैदल यात्रा सुरु गरेका छन् । उनी हिँडेरै वसन्तपुर छन् ।

एमालेले आजको कार्यक्रममा झन्डा, ब्यानर नबोकी विशुद्ध मर्निङवाककै रुपमा काठमाण्डौका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली पुग्ने कार्यक्रम रहेको जनाएको छ । पैदल यात्रामा फरक फरक ठाउँमा फरक फरक नेताहरुले टोलीको नेतृत्व गरेका छन् । यात्रामा एमाले नेताहरुसँगै भातृ संगठनका युवा नेताहरु सहभागी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal